‘फेस अफ एशिया’को उत्कृष्ट १३ मा नेपाली विवेक

काठमाडौं । एशिया मोडल फेष्टिभल अन्तर्गत रहेको ‘फेस अफ एशिया २०२०’मा नेपाली विवेक खड्का उत्कृष्ट १३ मा पर्न सफल भएका छन् । साउथ कोरियाबाट विगत १५ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगीतामा नेपालका तीन सहभागी मध्य उनी उत्कृष्ट १३ भित्र पर्न सफल भएका हुन् । प्रतियोगिताको उत्कृष्ट १३ भित्र नेपाल पहिलो पटक पर्न सफल भएको हो ।

नेपाल, भारत, चीन, कोरियालगायत २६ देशका ७८ सहभागी प्रतियोगितामा रहेका थिए । कोरोनाको कारण यो पटक भर्जुअल रुपमा आयोजना भएको प्रतियोगिता बिगत ७ महिनादेखि बिभिन्न सेसनको रुपमा आयोजना हुँदै आएको थियो ।

डिसेम्बर ४मा सम्पन्न प्रतियोगितामा शिर्ष उपाधि क्यबाका युवकले जितेका थिए ।
विश्वकै चर्चित मोडलिङ प्रतियोगिता मानिने यो प्रतियोगीतामा खड्काले बिभिन्न सेसेनमा नेपाली कलासंस्कृति, फेसन, ऐतिहासिक महत्व झल्कने बिभिन्न पहिरन सहितको प्रस्तुति दिएका थिए ।
‘प्रतियोगिताको शीर्ष उपाधि जित्ने उदेश्य थियो । तर त्यो गर्न सकिएन’ खड्काले भने ‘उत्कृष्ट १३ भित्र पर्नु पनि नेपालका लागि ठुलो उपलब्धि हो ।‘

प्रतियोगीतामा नेपाल यस अगाडि पहिलो चरणबाटै बाहिरिँदै आएको थियो । यो पटक भने बिभिन्न चरणको छनौटमा पर्दै १३ सम्म आइपुग्न सफल भएको हो ।
‘फेस अफ नेपाल २०२०’को विजेताको रुपमा उक्त प्रतियोगितामा सहभागी उनले ‘चाइन फ्यान वीक’ र ‘कोरिया फेसन वीक’मा सहभागीको अवसरका साथै अन्तर्राष्ट्रिय कस्मेटिक ब्रान्ड डा.ओराकलको प्रायोजनमा रु १ लाख युआन रुकम समेत पुरस्कारको रुपमा प्राप्त गरेका छन् ।

‘मोडल हन्ट नेपाल २०१६’का विजेता समेत रहेका खड्का ‘मिस्टर ओशन इन्टरनेशनलमा समेत नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुँदै शीर्ष १६ भित्र सफल भएका थिए ।
केही अन्तराष्ट्रिय ब्राण्डमा मोडलको रुपमा समेत काम गरिसकेका खड्कासँग ‘दलजित सुडान फेशन रनवे’ र ‘जेडवाई फेशन रनवे’ लगायतमा मुख्य मोडलको रुपमा सहभागी भएको अनुभव पनि छ ।

स्वदेशका यामाहा, टुबर्ग, कार्लसबर्ग, किंगफिशर, गोल्डस्टार र सनराइज बैंक जस्ता संस्थाको प्रमोसन विज्ञापनमा मोडलिङ गरेका विवेक म्यूजिक भिडियोमा पनि राम्रै जमेकी छन् ।

Contact Us

We're not around right now. But you can send us an email and we'll get back to you, asap.

Not readable? Change text. captcha txt

Start typing and press Enter to search